Logo

‘नेप्टे’ ट्रेलर रिलिज , प्रेममा भिलेन बने दयाहाङ (ट्रेलर सहित)



Spread the love

चलचित्र ‘नेप्टे’ को आज ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको प्रेममा दयाहाङ भिलेन बनेका छन् । प्रेम, रोमान्स, एक्सन सहितको ‘नेप्टे’ मा कमेडी संवादहरु पनि समाबेश गरिएका छन् । चलचित्रका अन्य कलाकारहरु ए गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारले ट्रेलरमा खुबै हसाएका छन् ।फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।

 कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । चैत ३० गते युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ सँग यो फिल्म एकसाथ प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/00_cI2XesW0

प्रतिक्रिया दिनुहोस्