Logo

न्यायाधीशको कारको ठक्करबाट महिलाको मृत्यु



Spread the love

२३ भदाै, विराटनगर । न्यायाधीशको गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला अदालत मोरङमा कार्यरत न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्दै आएको कारको ठक्करबाट विराटनगरमा मंगलबार साँझ एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनकुटाको महालक्ष्मी नगरपालिका–१ की ४२ वर्षीया लक्ष्मी दाहाल रहेकी छन् । उनलाई निजी नम्बर प्लेटको बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएको थियो ।

अदालत परिसरबाट गाडी निकाल्ने क्रममा अनियन्त्रित भइ गाडी क्यान्टिनमा पस्दा सोही क्यान्टिनकी सञ्चालक दाहालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पार्किङ गरेर राखिएको कार निकाल्ने क्रममा न्यायाधीश पराजुलीका अंगरक्षक प्रहरी हवल्दार विन्दकुमार सिंहले चलाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्