Logo

कैलालीमा राधामाथि निर्मम कुटपिट । कसरी भएको थियो त ?



Spread the love

सल्लेरी खबर ।

धनगढी, फागुन २६ – घोडाघोडी–५, स्थित आफ्नै घरमा भोलेबाबा भनिने रामबहादुर चौधरीले आफुलाई देवता आएको भन्दै आफ्नै घरमा ४५ दिनको यज्ञ लगाएका थिए ।

राधाको परिवार चार दिनदेखि यज्ञमा नगएपछि, गाउँमा बोक्सी लगाउने त्यही हो भन्दै बिहीबार स्थानीय पार्वती चौधरी र किस्मती चौधरीलगायतका महिलाहरुलाई बोलाउन पठाए । बिहान घरमा सरसफाई गरिरहेकी राधालाई किस्मती र पार्वतीले काम छ भन्दै बोलाएर रामबहादुरको घरको आँगनमा पु¥याए । घरमा पु¥याएपछि राधालाई निर्धाट कुटपिट गर्न सुरु गरियो ।

एकातिर भोलेबाबा नाम गरेका स्थानीय गुरुवा भनिने रामबहादुर चौधरी नागको जस्तो हात गर्दै किशोरीको पिठ्युँमा बजारी रहेका थिए भने आफूलाई बोक्सी लगाएको आरोप लगाउने पार्वती चौधरी र उनकै आफन्त किस्मती चौधरी पनि राधाको पेट र संवेदनशील अंगमा मुक्का र लात्ताले प्रहार गरिरहेका थिए ।

बिहीबारको बिहान ७ बजेदेखि १२ बजेसम्म पार्वती, किस्मती र रामबहादुरले झण्डै पाँच घण्टासम्म राधालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरे । वरिपरी गाउँलेको भिड लागिरहेको थियो । पिटाइको दुखाई सहन नसकी रोएर छट्पटाइरहेकी राधालाई सहयोग गर्ने कोही भएनन् । सबै स्थानीय रमिता हेरेर बासिरहे ।

किशोर अवस्थामा रहेकी राधामाथि पशुभन्दा तल्लो तहको व्यवहार गरिहँदा न कोही महिला अधिकारकर्मी देखिए, न कोही प्रहरी प्रसाशनको ध्यान नै गयो ।
राधाले आफूमाथिको निर्घात कुटपिटकै क्रममा आफ्ना दाई दिपेशलाई फोन गरिन् । दिपेश घटनास्थल गएर बहिनीको उद्धार गरे र सुख्खडमा रहेको घोडाघोडी अस्पतालमा भर्ना गरे ।

उनले अरु आफन्तलाई बोलाउँदै इलाका प्रहरी कार्यालय सुखडमा पुगे तर उनको उजुरी इलाका प्रहरी कार्यालयले दर्ता नै गरेन । पिडितका दाई दिपेशले भनेपछि प्रहरी त घटनास्थलमा पुग्यो तर त्यहाँ पुगेको प्रहरीले नै रामबहादुरलाई ढोगेको प्रत्यक्षदर्शी बताउछन् । तर, आफूहरुलाई कसैले पनि सहयोग नगरेको पीडितकी दिदी सन्ध्या योगीले बताइन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी राधालाई अस्पताल त लगियो तर उहाँले भोगेको अन्यय विरुद्ध साथ दिने कोही भएन् । यतिसम्म कि स्थानीय जनप्रतिनिधिले त्यस्तो अमानविय घटना मेलमिलापमा नै मिलाउने प्रयत्न गरे ।

दुई दिनसम्म घटना बाहिर ल्याउन नदिँने प्रयत्न भयो । नारी दिवसको दिन भएको उक्त घटना दुई दिनपछि बाहिर आयो । रामबहादुरलाई घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीसहितका जनप्रतिनिधिको रहोबरमा छुटाएको पीडित परिवारले आरोप लगाएका छन ।

तर, मानव अधिकारकर्मीको आग्रहपछि शुक्रबार राधालाई सेती अञ्चल अस्पतालमा ल्याइएको छ भने रामबहादुर पनि पक्राउ परेका छन् । घटनाका दोषीलाई कडा कारवाही गर्न अधिकारकर्मीहरुले माग गरेका छन् । सेती अञ्चल अस्पतालको रिपोर्ट अनुसार राधाको पाठेघर, गुप्तांग, नाक मुख घाँटी र शरिरभरि चोटपटक लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्