Logo

किन बढ्दै छ सम्बन्ध विच्छेद ? यस्ता छन् मुख्य ७ कारण



Spread the love

झपाकी कुमारी सुनार (नाम परिवर्तन) को १७ बर्षको उमेरमा बिहे भयो । पारिवारीक खटपटका कारण केटाले केही समयमै छोड्यो । माइतै बसेर ११ मा पढ्दै गरेकी उनको कानुनी रुपमै सम्बन्ध विच्छद (डिभोर्स) भइसकेको छ ।

दाङकी २० बर्षकी रवीना बस्नेत(नाम परिवर्तन)को पनि यस्तै अवस्था छ, काठमाडौंमा बीएससी अध्ययनरत उनी भन्छिन्, दुई बर्षअघि १८ बर्षमै भागेर बिहे गरियो, माइतीले नस्विकारेपछि ३ महिनौ सम्बन्ध विच्छेद गर्नुपर्यो ।

divorce

दाचुृलाकी १७ बर्षकी मिना ठगुन्ना ८ कक्षा पढ्दै गर्दा गाउँकै केटासँग प्रेममा फसिन् । कसैले नमान्दा भागेर बिहे गरेकी उनको पनि त्यही हालत भयो । बर्ष दिन नपुग्दै विदेशीएका श्रीमानले विस्तारे बेवास्ता गरे । पछि कानुनी रुपमै सम्बन्ध विच्छेद भयो ।

काठमाडौंमा बस्दै आएका पाल्पाका सविनको पनि त्यस्तै छ गुनासो । २७ बर्षका सविनले ४ बर्षअघि नै पाल्पाकी केटीसँग बिहे गरे । बिहे दर्ता पनि भयो । तर, सम्पत्तिकै कारण उनले निहुँ खोजेर सम्बन्ध विच्छेद गरिन् ।

यी प्रसंगहरु प्रतिनिधिमूलक हुन्, आज समाजमा यसरी नै दिनहुँ सम्बन्धविच्छेद बढ्दै गएको पाइएको खबरआजको नेपाल समाचारपत्रमा छापिएको छ ।

काठमाडौं जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदको भएको अदालत स्रोत बताउँछ ।

काठमाडौं जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपाल भन्छन्,

-सम्बन्ध विच्छेद सम्बन्धमा दैनिक पाँचदेखि आठवटा मुद्दा दर्ता हुने गरेका छन् ।

-अधिकांश १९ देखि २५ बर्ष उमेर समूहका केटाकेटी सम्बन्ध विच्छेद गर्न अदालत धाउने गरेका छन् ।

-यो क्रम बढ्दो छ ।

सम्बन्ध विच्छेदका मुख्य ७ कारणहरुः
-कुटपिट गर्नु
-खान लाउन नदिनु
-कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी
-वैदेशिक रोजगार गएका श्रीमान वा श्रीमतीबीच बढ्दो अनमेल
-महलिाहरु डिपेन्डेन्ट भिसामा उच्च शिक्षा हासिल गर्न विदेश जानु
सम्पत्ति प्राप्तीमा लोभ
-बाह्य देश जानका लागि बिहेको कागजपत्र बनाएर केही समयपछि सम्बन्ध विच्छेद गर्नेहरु पनि छन्

अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार विवाहलाई सामान्य सम्बन्धको रुपमा लिइँदा सँबन्ध विच्छेद बढेको हो ।

प्रतिक्रिया दिनुहोस्