Logo

अमिताभ बच्चन नेपाल आउने



Spread the love

१८ भदाै, काठमाडाैँ । बलिउडका महानायकको उपमा पाएका अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । उनी ‘उचाई’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

भारतीय मिडियामा उल्लेख भएअनुसार अमिताभ बच्चन करिब ४५ दिन नेपालमा नै बस्नेछन् ।

अमिताभ बच्चन सहित सोही फिल्ममा अभिनय गर्ने अनुपम खेर र बोमन इरानी पनि नेपाल आउने बताइएको छ ।

पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन् । यो फिल्म राजश्रीको व्यानरमा निर्माण हुनेछ ।

पछिल्ला समय नेपालमा पनि भारतीय फिल्महरूको छायाँकन हुने क्रम बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्