Logo

दङाली चेली मिस ग्लोवल इन्टरनेशनल कम्पिटिसनमा



Spread the love

kranteeदङाली चेली क्रान्तिशिखा धिताल मिस ग्लोवल इन्टरनेशनल कम्पिटिसनको उत्कृष्ट १५ मा छनोट भएकी छिन् । हजारौं सहभागीलाई पछाडि पार्दै क्रान्ति टप १५ मा पर्न सफल भएकी हुन् ।

घोराही उपमहानगरपालिका वडा नम्वर १५ की क्रान्ति पढाईका शिलशिलामा हाल काठमाडौंमा छिन् । संगीत , साहित्य र समाज सेवामा विशेष रुची राख्ने क्रान्ति कविता विधामा कलम चलाउँदै आएकी छिन् । धितालले कविता प्रतियोगीताबाटै स्थानीय र राष्ट्रियस्तरका गरी २८ भन्दा बढी पुरस्कार र अर्वाडहरु हात पारिसकेकी छिन् ।krantiपरिवर्तनका पाइलाहरु नामक संस्थामार्फत समाजसेवा र साहित्यिक गतिविधि गर्दै आएकी धितालले आफूलाई मिस ग्लोवल इन्टरनेशनल कम्पिटिसनमा विजयी हुनका लागि सहयोग गर्न आग्रह गरेकी छिन् । यहाँहरुको भोटले म मिस ग्लोब इन्टरनेशनल बन्ने छु ।

‘आउँदो चैत ५ गते हुने फाइनल कम्पिडिसनमा मलाई विजयी बनाउन भोटिङ गरिदिनका लागि अनुरोध गर्दछु, क्रान्तिले भनिन्, ‘मोवाइलको म्यासेज वक्समा गई  क्यापिटल एम.जि.आई स्पेस  ११ टाइप गरी ३३००१ मा पठाउन सकिन्छ । भोटिङ लाइन चैत्र ५ गते दिउँसो १२ वजेसम्म मात्र खुला हुन्छ ।

प्रतिक्रिया दिनुहोस्