१५ भदाै, गुल्मी । कानुनले जघन्य अपराध मान्ने बलात्कारका आरोपीलाई गुल्मी अदालतले घर जाने अनुमति दिएको छ । जबरजस्ती करणीको आरोपमा जिल्लाको मदाने गाउँपालिका एक का १६ वर्षीय किशोर गएको साउन २६ गते पक्राउ परेका थिए । साउन २० गते सोही स्थानकी हाडनाता पर्ने ११ वर्षीया किशोरीलाई घरमा कोही नभएको समयमा दिउँसो करिब ११ बजे घर नजिकैको गोठमा लगरे जबरजस्ती करणीको प्रयास गरेको परिवारले बताएका छन् ।
आरोपी २० वर्ष उमेर नपुगेका कारण कारागार पठाउन नमिल्ने भएकाले अभिभावकको जिम्मा लगाएर घर पठाइएको गुल्मी अदालतले बताएको छ । कानुन सम्मत २० वर्ष नपुगेका बालबालिकालाई सुधार गृहमा पठाउनु पर्ने व्यवस्था छ । सुधार गृह गुल्मीमा नभएको र भैरहवाको सुधार गृह वर्षात्का कारण डुबेको , कोरोनाको जोखिम रहेको कारण अभिभावकको जिम्मा लगाएको गुल्मी अदालतका श्रेष्तेदार भिम भुसालले बताए । यस बारे थप जिज्ञासा राख्दा अदालतमा बिचारधीन रहेको मुद्धामा आफु धेरै फोनमा बोल्न नमिल्ले प्रतिक्रया दिए ।
भदौ १४ गते उनलाई अदालतले घर जाने अनुमती दिएको हो । यसबारे जानकारी लिँदा गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले आफुलाई केही थाहा नभएको र बुझेर प्रतिक्रिया दिने बताएकी छन् ।