Logo

भोलिको नेपाल बन्द हल्ला मात्र



Spread the love

पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ समूहले यही फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको थियो। उक्त समूहले ४ बूँदे माग राख्दै सो बन्दको आह्वान गरेको थियो  तर औपचारिक रुपमा भने कुनै पनि  विज्ञप्ति जारि गरेको थियन तेसैले भोलिको बन्द केवल हल्ला मात्र हो ।

यसै बिच आफूलाई पूर्व जनमुक्ति सेना भन्ने रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीले काठमाडौंको न्युरोडबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।

परिसर प्रमुख एसएसपी विश्वरराज पोखरेलका अनुसार उनलाई सोसल मिडियामा ‘फागुन २५ र २६ गते नेपाल बन्द’ भन्दै आतंक फैलाएको आरोपमा पक्राउ गरिएको हो।
उनलाई परिसर टेकुमा राखिएको छ। पोखरेलले भने, ‘विभिन्न सोसल मिडियामा शुक्रबार र शनिबार नेपाल बन्द भनेर आम मानिसलाई आतंक फैलाएका छन्। त्यसैले हामीले उनलाई पक्राउ गरेका हौं। उनको बारेमा थप अनुसन्धान गरिरहेका छौं।’
गुरुङ समूहले ४ बूँदे माग राखेर दुई दिन नेपाल बन्द भन्दै सोसल मिडियामा प्रचारबाजी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्