Logo

चीनसँग सम्बन्ध बढाउन पाकिस्तानका प्रधानमन्त्रीको सुझाव



Spread the love

 पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् ।

दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए।

‘बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउनेवाला छ,’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने, ‘सम्पूर्ण दक्षिण एसिया (सार्क) लाई बिआरआईसँग जोड्नु आवश्यक छ, जसले हाम्रा निम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ ।’

बिआरआईले नेपालको चीनसँगको व्यापार फराकिलो बनाउने उनले बताए । प्रविधिले विगतमा उपलब्ध नरहेका धेरै समाधान आज दिएको उल्लेख गर्दै उनले पाकिस्तानले चीनबाट लिएजस्तो फाइदा नेपालले पनि लिन सक्ने बताए।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्