Logo

बोक्सीको आरोपमा मृत्युदण्ड पाएकी महिलालाई ३२८ वर्षपछि सफाइ



Spread the love

८ भदाै, एजेन्सी । बोक्सीको आरोपमा मृत्युदण्ड पाएकी एक महिलाले ३२८ वर्षपछि सफाइ पाउने भएकी छिन् ।

अमेरिकामा सन् १६९३ मा उक्त आरोप लगाएर अमेरिकाको म्यासाच्युसेट्सकी एलिजाबेथ जोन्सन जुनियरलाई सालेम बोक्सी इजलासले झुण्डाएर मृत्यु दण्ड दिने फैसला गरेको थियो । तथापी, विभिन्न कारणले उनी मृत्यु हुनबाट बचिन् । तत्कालीन समयमा २२ वर्षकी एलिजावेथले अहिले न्याय पाउने भएकी छिन् ।

उनीमाथि लागेको आरोप र सजाय खारेज गर्न म्यासाच्युसेट्सको मेथुएनकी डेमोक्रेटिक पार्टीकी सिनेटर डियान्ना डी जोग्लियोले विधेयक पेश गरेकी छन् ।

यदि उनको नयाँ विधयेक पारित भएमा एलिजाबेथ अमेरिकाको इतिहासमा बोक्सीको आरोपबाट सफाइ पाउने अन्तिम व्यक्ति हुनेछिन् ।

सो समयमा बोक्सीको आरोप करीब २० जना महिलालाई मृत्यु दण्ड समेत दिइएको पाइएको छ । ती मध्ये १९ जनालाई झुण्ड्याएर र एकजना पुरुषलाई ढुंगाले हानेर क्रूरतापूर्वक हत्या गरिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्