Logo

मृत्यु भएको १ वर्षपछि कसरी परिवर्तन भयो शुसान्त सिंह राजपुतको फेसबुक प्रोफाइल ?



Spread the love

६ भदाै, एजेन्सी । मृत्यु भएको एक वर्षभन्दा धेरै समयपछि बलिउड स्टार सुशान्त सिंह राजपुतको फेसबुक प्रोफाइल पिक्चर परिवर्तन भएको छ । लामो अवधिपछि मृत्यु भइसकेका अभिनेताको प्रोफाइल पिक्चर परिवर्तन हुँदा फ्यानहरू अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

गत वर्षको जुन महिनामा अभिनेता राजपूत आफ्नै अपार्टमेन्टमा मृत फेला परेका थिए । उनको हत्या भएको भन्दै विभिन्न अनुसन्धान भइरहेका छन् । तथापी अहिलेसम्म ठोस निष्कर्षमा प्रहरी पुगिसकेको छैन ।

तर, अहिले एक्कासी उनको पिक्चर परिवर्तन भएपछि कमेन्ट सेक्सनमा फ्यानहरूले भावुक र आश्चर्य जनक कमेन्ट छोडिरहेका छन् ।

हजाराैँ केमेन्ट मध्ये एक जनाले लेखेका छन्, ‘ हे भगवान ! अचम्मित छु । सुशान्तको फेसबुक अकान्ट कसले चलाइरहेको छ । सुशान्तले नै चलाएको फेसबुकको तस्बीर कसरी परिवर्तन भयो ? के भइरहेको छ ?’ त्यसैगरी, अर्का एक जनाले लेखेका छन्, ‘यो कसरी सम्भव छ ? ‘

गत वर्ष नै मृत्यु भएको केही समयपछि उनको फेसबुक बायो पनि अपडेट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्