Logo

गुल्मी लकडाउन : प्रहरीको सिठ्ठीलाई नटेरेपछी कार्यालयमै लगेर एक घण्टा प्रशिक्षण



Spread the love

४ भदाै, गुल्मी । गुल्मीमा तीन बजेपछि पसल सञ्चालन गर्ने र पसलमा जाने ग्राहकलाई प्रहरीले नियन्त्रणमा लिई कार्यालयमै लगेर एक घण्टा प्रशिक्षण दिन सुरु गरेको छ ।

नागरीकलाई सम्झाउदा बुझाउदाँ नटेरेपछि बाध्य भएर एक घण्टा प्रशिक्षण दिन थालिएको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिइन् ।

जिल्लामा जारी निषेधाज्ञालाई प्रभावकारी बनाउन र कोभिड–१९ नियन्त्रणको लागि प्रशासनले थप कदम चाल्न सक्ने प्रमुख जिल्ला अधिकारी शर्माले उल्लेख गरिन् ।

भदौ २ गते देखि थालिएको एक घण्टे प्रशिक्षणबाट अहिलेसम्म पसल सञ्चालन गर्ने र पसलमा सेवा लिन आउने १२ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यालमै लगेर सम्झाई बुझाई गरि छाडिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी पुरुषत्तम पाण्डेले जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्