Logo

सल्यानमा डिलक्स गाडी सन्चालन हुँदै



Spread the love

असार १५
सुन्दर सल्यान न्युज डेस्क
सल्यान रुकुम यातायात व्यवसायी समितिको बैठक आज समितिको प्रधान कार्यालय श्रीनगरमा सम्पन भएको छ । समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जनताको चाहाना र यात्रुकोdelux bus सुविधा लाई मध्यनजर गर्दै सल्यानका विभिन्न रुटहरुबाट काठमाडौँ सम्म रात्रीकालिन सेवा सञ्चालन गर्नको लागी ५ वटा डिलक्स गाडी समितिमा दर्ता गर्ने भएको छ ।डिलक्स गाडी किन्न चाहानु हुने महानुभावहरुले यही असार १६ गते देखी ३१ गते सम्म कार्यालय समय भित्र समितिमा निवेदन दर्ता गराउन सक्नुहुनेछ । डिलक्स गाडी समितिमा दर्ता भय लगतै सल्यान खलंगा देखी काठमण्डुका लागी दुई वटा रात्रिकालिन गाडी सञ्चालन गरिने भएको छ ।सल्यान खलंगा देखी राजधानीका लागी पहिलो गाडी दिउँसो १२ बजे छुट्ने र दोस्रो गाडी दिउँसो ४ बजे छुट्ने छ भने नयाँ रुटमा सल्यानको जलेखर्क,बाङ्गेलाखुरी हुँदै काठमाडौका लागी पनि एउटा रात्रीकालिन गाडी सञ्चालन गर्ने भएको छ । यस्तै आज बसेको बैठकले सल्यान रुकुम यातायात व्यवसायी समितिको शाखा कार्यालय बागचौर नगरपालिका वडा न २ बागचौरमा स्थापना गरी स्थानीय रुटहरुमा गाडी सञ्चालन गर्ने निर्णय समेत गरेको सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्