Logo

एउटै प्रदेशमा थपिए ६६० कोरोना सङ्क्रमित



Spread the love

३१ साउन, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ९८ जनाको पिसीआर परीक्षण गर्दा ३९३ र एक हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४ मध्ये विराटनगरमा ३६, सुनसरीमा ९४, इलाममा आठ, उदयपुरमा चार, धनकुटामा तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ५७८ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २७५ महिला र ३०३ पुरुष छन् । सो अवधिमा छ महिलासहित १५ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्