Logo

करिश्मा मानन्धर अभिनीत ‘हिरोज’को ट्रेलर सार्वजनिक (भिडियो)



Spread the love
नायिका करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘हिरोज’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा कलाकार र निर्माण टिमको उपस्थितिमा रोमान्टिक र एक्सन ड्रामा मिश्रित कलरफुल ट्रेलर सार्वजनिक गरियो । एनबि महर्जनको निर्देशन रहेको चलचित्रमा अभिनेत्री पूर्णिमा लामाको लगानी रहेको छ । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
चलचित्र क्षेत्रमा केहि बर्ष यता बिश्राम लिएकी सदाबहार जवान र सुन्दर नायिका करिश्मा मानन्धर, दिनेश डिसी, जय किशन बस्नेत, पुर्णिमा लामा, मुकेश ढकाललगायत कलाकारको अभिनय रहेको छ ।बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको चलचित्र ‘हिरोज़’ चैत्र २३ गतेबाट देशैभर प्रदर्शनीमा आउने भएको छ ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/34ikiVHmX5Y

प्रतिक्रिया दिनुहोस्