Logo

सुरज ,प्रताप र निशानले गाउँदा यसरी उर्लियो मानब सागर (भिडियो)



Spread the love

विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ । ‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

काठमाण्डौ स्थित टुडिखेलमा पप स्टार धिरज राई, टेलिभिजनकर्मी रवी लामिछाने, महानायक राजेश हमाल, नायक निखिल उप्रेती, महजोडी हरिवंश आचार्य मदन कृष्ण श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रममा कति मान्छे उपस्थिति भयो भनेर जानकारी लिनको लागि ब्यालेट बक्स र हस्ताक्षरको ब्याबस्था गरिएको छ । कार्यक्रम पस्चात चिट काउन्ट गरिनेछ । धिरजले ‘बुद्ध वाज बोर्न ईन नेपाल’ बोलको गीत पनि पहिले नै गाएका छन् । कार्यक्रममा नेपाल आईडल टप टेन कन्टे स्टेन्टको प्रस्तुति रहेको थियो ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/FH-wUoRxIdY

प्रतिक्रिया दिनुहोस्