Logo

प्रतिक्षित चलचित्र ‘शत्रुगते’ ट्रेलर रिलिज



Spread the love

बर्षको प्रतिक्षित चलचित्र ‘शत्रुगते’ को ट्रेलर सार्वजनिक भएको छ। सोसल ड्रामा , कमेडी ,हाँसो , रोदन सबैको समिश्रण यस चलचित्रमा देख्न सकिन्छ । कमेडी जान्रामा बनेको चलचित्रको ट्रेलरमा सम्पुर्ण कलाकारलाई फरक भूमिकामा देख्न सकिन्छ ।गीत संगीताबाट प्रशस्त चर्चा बटुलेको यस चलचित्रको ट्रेलरले दर्शकको मन जित्ने देखिन्छ । चलचित्रका सार्वजनिक दुई गीत निकै हिट बनेका छन्। चलचित्रको ‘रूपै मोहनी’ बोलको गीत अहिले निकै चर्चामा छ ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

दिर्घ गुरुङले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन्। दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य फिल्मका निर्माता हुन्।

मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा तयार भएको चलचित्र ‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह , आंचल शर्मा, , किरण केसी, शिवहरी पौडेलको पनि अभिनय छ ।

दुइ प्रेमीबिचको बिबाह यात्रा अनि पारिवारिक कथा बस्तुमा बनेको शत्रुगतेलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।मल्टिस्टार कलाकार भएका कारण पनि यो फिल्म हिट हुने अड्कल काटिएको छ । चलचित्र यही फागुन ९ गते देश भर एकसाथ रिलिज हुँदै छ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/tdsj7V98MRQ

प्रतिक्रिया दिनुहोस्