Logo

भूइमा चिप्लिएर लडेका व्यक्तिले पाउने भए २ करोड १० लाख



Spread the love

१८ साउन,एजेन्सी । सुपर मार्केटको भूइमा चिप्लिएर लडेका व्यक्तिले १ लाख ९० हजार डलर क्षतिपूर्ति पाउने भएका छन् । जापानको टोकियोको अदालतले सुपर मार्केटमा चिप्लिएर लडेका व्यक्तिलाई उक्त रकम उपलब्ध गराउन निर्देशन दिएको हो ।

सलादका रुपमा प्रयोग गरिने साग लेटिशबाट चुहिएको पानीका कारण भिजेको भुँइमा चिप्लिएर ६० वर्षीय पुरूष घाइते भएका थिए । उनले उक्त सुपर मार्केटका सञ्चालकविरूद्ध अदालतमा उजुरी दिएपछि उनले क्षतिपूर्तिबापत मोटो रकम पाउने भएका हुन् । सो घटनापछि उनी अपाङ्ग भए अनि चिसो भुँइका कारण आफू चिप्लिएको भन्दै क्षतिपूर्ति माग गरी मुद्दा हाले ।

तर, सुपर मार्केटले भने ती पुरूषले चिप्लिने खालको चप्पल लगाएका कारण उनी लडेको बताएको छ । त्यस्तै, अदालतमा न्यायाधिशले तखताबाट हरेक पटक ग्राहकहरुले रातो पात भएको लेटिश उठाउँदा यसमा भएको पानी भुँइमा चुहिने अनि भुँइ भिज्ने गर्दा यस्तो जोखिम निम्तिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्