Logo

विप्लव माओवादीको चेतावनीपछि सलमान खानको नेपाल भ्रमण स्थगित!



Spread the love

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।ओडिसी इन्टरनेशनलले फागुन २६ गते आयोजना गर्न लागेको कन्सर्ट स्थगित भएको हो । खानको ‘दबंग द टुर’ काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सलमान खानको कन्सर्ट रोक्न चेतावनी दिएसँगै अभिनेता खानको नेपाल यात्रा रोकिएको हो ।

विप्लव निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति निकालेर कन्सर्ट स्थगित नगरे नराम्रो परिणाम आउने चेतावनी दिएको थियो ।

महासंघले विज्ञप्ति निकालेपछि भारतीय सञ्चार माध्यमहरुले पनि सलमान खानलाई कन्सर्ट रद्ध गर्न दबाव दिएका थिए ।आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा भने गरेको छैन ।

यस्तो छ सलमानको कार्यक्रम रोक्न विप्लव नेतृत्वको नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले जारी गरेको विज्ञप्तिः 

प्रतिक्रिया दिनुहोस्