Logo

गुल्मीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु



Spread the love

१३ साउन, गुल्मी । गुल्मीमा यात्रुवाहक जिप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएकाे छ ।

सदरमुकाम तम्घास आउने क्रममा जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकाेट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरकाे जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिए ।

जीपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन । अरुको पनि मृत्यु भएको हुन सक्ने अनुमान छ ।

जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्