Logo

सडकमा बाँदरहरूले ‘ग्याङ फाइट’ खेल्दा घण्टाैसम्म जाम (भिडियो)



Spread the love

१३ साउन, एजेन्सी । थाइल्याण्डमा बाँदरहरूको ‘ग्याङ फाइट’ हुँदा घण्टाैसम्म सडक जाम भएको छ । थाइल्याण्डको एक सडकमा बाँदरको २ समूहबीच भएको झगडाका कारण सडक जाम भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल भएको भिडियो फुटेजमा बाँदरका २ ठूला समूह एक अर्काविरूद्ध कराइरहेका छन् । बाँदरहरूको यो क्रियाकलाप मानिहरूले गाडी तथा मोटरसाइकल रोकेर हेरिरहेका देखिन्छन् । बाँदरले हमला गर्ने डरले कसैले पनि उक्त लडाइँ छुट्याउने आँट भने गर्दैनन् ।

विरसुत सुवानफाक नाम भएको फेसबुक अकाउन्टबाट यो फाइटको भिडियो अपलोड भएपछि यसले चर्चा पाएको हो । अहिलेसम्म उक्त फेसबुक पोस्ट १० हजारभन्दा बढीले शेयर गरेका छन् ।

बाँदरको यो ग्याङ फाइट प्रसिद्ध पर्यटकीय क्षेत्र लोपबुरीकोो प्राङ साम योत आसपास भएको बताइएको छ । त्यो क्षेत्रलाई बाँदरको घर भनेर समेत चिनन्छ ।

कोरोना भाइरसका कारण अहिले त्यो क्षेत्रमा धेरै पर्यटकलाई जान दिइएको छैन । सोही कारण खानेकुराको अभाव हुँदै गएर बाँदरका २ समूहमा झगडा भएको हुनसक्ने अनुमान त्यहाँका अधिकारीहरूले गरेका छन् ।

उक्त क्षेत्रमा बाँदरहरूको झगडा सामान्य नै भएता पनि यति ठूलो झगडा भने पहिलो पटक देखिएको स्थानीयहरूको भनाइ छ ।

यस समाचारसँग सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्