Logo

आमाको मृत्यु भएपछि छोरीहरूले कपाल खाैरिएर गरे काजक्रिया



Spread the love

१० साउन, गोरखा । छोरीहरूले पनि छोराहरूले जस्तै कपाल खाैरिएर आमाको काजक्रिया गरेका छन् । गोर्खाको देउराली निवासी इन्दिरा नरालको मृत्यु भएपछि उनका तीन जना छोरीहरूले हिन्दु परम्परा अनुसार काजक्रिया गरेका हुन् ।

त्यसरी काजक्रिया गर्नेहरूमा अर्चना, अर्पना र आशिका नराल रहेका छन् । उनीहरूमध्ये २ जनाले कपाल नै खाैरिएका छन् भने एक जनाले चाही खाैरिएकी छैनन् ।

पछिल्लो समय प्राचीन परम्परा तोड्दै छोरीहरू पनि आफ्ना बुबाआमाको मृत्यु भएपछि काजक्रिया गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्