Logo

बानेश्वरमा कलाकारको भव्य होली (फोटो फिचर)



Spread the love
होली रङसँग जोडिएको विशेष चाड हो । यसका आफ्नै विशेष अर्थहरू छन् । फेरि यो परम्परासँग जोडिएको चाड पनि हो । यसको आफ्नै इतिहास र मौलिकता रहेको छ । तर होलीको जे–जस्तो अर्थ  भए पनि विशेषतः यो चाड  खुसी साटासाट गर्ने चाड हो । झनै यसलाई  त हामी प्रेमको उत्सवको रूपमा पनि लिन्छौं ।  फागु पूर्णिमा (होली पर्व)को अवसरमा राजधानीको बानेश्वरमा भव्य रुपमा होली मनाइएको छ।‘रेडियो अडियो बानेश्वर होली’ नाम दिइएको कार्यक्रममा नेपाली सिने क्षेत्रमा चर्चित कलाकारहरु उपस्थित थिए। कार्यक्रममार्फत मह जोडीले निर्माण गरेको फिल्म ‘शत्रुगते’को प्रवर्द्धन समेत गरियो।
होली खेल्न आएका सयौं दर्शकमाँझ हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा लगायत कलाकारले सांगीतिक प्रस्तुति दिएर मनोरञ्जन गराएका थिए।

हेर्नुहोस् फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्