Logo

चलचित्र ‘आस्था’ बनाउदै गायक नरेन लिम्बु, यी नायिकाहरुसंग गर्दै छन् रोम्यांस



Spread the love

करिब एक दशक अघि  एल्बम “आस्था” बाट नेपाली सांगीतिक बजारमा आफ्नो नाम स्थापित गर्न सफल गायक नरेन लिम्बु  अहिले सोहि एल्बमको  सम्झनामा  चलचित्र   ‘आस्था’ निर्माण गर्ने भएका छन् । गायक लिम्बुकै कथा तथा निर्देशन रहने भनिएको उक्त चलचित्र  दाजु र बहिनीको कथामा आधारित पारिवारिक बिषय बस्तु बोकेको चलचित्र  हुने जानकारी प्राप्त भएको छ ।कथा तथा निर्देशन आफैले थाम्न खोजेका यी गायक अब सोहि चलचित्रमा  नायकको भूमिकामा पनि देखिने भएका छन । चलचित्रमा नरेन लिम्बुको अलावा थिएटर आर्टिस्ट कुसुम गुरुङ तथा २०१७ कि मिस नेपाल युके बिजेता सिर्जना गुरुङ समेत अभिनय रहने छ  ।

प्रतिक्रिया दिनुहोस्