Logo

सत्यवती गाउँपालिका दूध र मासुमा आत्मनिर्भर



Spread the love

३ साउन, गुल्मी । कृषि प्रधान देश नेपाल कृषिमाथीको परनिर्भरता बढिरहेको समयमा गुल्मीको सत्यवती गाउँपालिकाले कृषीमा आत्मनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपंक्षी क्षेत्र अन्तर्गत दूध र मासुमा आत्मर्नीभर भएको गाउँपालिकाको दावी छ । गाउँपालिकाको जनसंख्या र गाउँपालिका भित्र उत्पादन हुने मासु तथा दुधको परिमाण अनुसार गाउँपालिकालाई दुध र मासुमा आत्मनिर्भर भएको घोषणा गरिएको हो । वृहत कार्यक्रमका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले गाउँपािलकालाई दुध र मासुमा आत्मनिर्भर भएको घोषणा गरेका हुन् । घोषणा गर्दै पराजुलीले गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै शुभकामना समेत दिएका छन् ।

सत्यवती गाउँपालिकामा वार्षिक २४ लाख ४८ हजार एक सय ८ लिटर दुध, २१ हजार ६ सय ९० केजी लोकल कुखुराको मासु, दुई लाख ६ हजार ६ सय ब्रोइलर कुखुराको मासु, ७८ हजार दुई सय ४० केजी बंगुरको मासु, ९९ हजार ८ सय २५ केजी खसी बोकाको मासु र एक लाख ७८ हजार चार सय रांगा भैंसीको मासु उत्पादन हुदैं आएको पशुपंक्षी विकास शाखाले जानकारी दिएको छ । सत्यवती गाउँपालिकाको पशुपंक्षी विकास शाखाले लिएको तथ्यांक अनुसार गाउँपालिकको हालको जनसंख्या २६ हजार ५ सय ३३ रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ रहन प्रतिव्यक्ति ९२ लिटर दुध, ४८ वटा अण्डा र १४ केजी मासु वार्षिक उपभोग गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अुनुसार गाउँपालिका सक्षम रहेको कृषि शाखाको भनाई छ । आफुहरुको लामो अथक प्रयास र मेहनतले नै गाउँपालिका दुध र मासुमा आत्मनिर्भर भएको गाउँपालिका अध्यक्ष पारीश्वर ढकालले बताए ।


गाउँपालिकाको घोषणासंगै किसानलाई समयको माग अनुसार सहयोग गर्नुपर्ने र कृषि पेसामा टिकाई राख्न आवश्यक रहेको अगुवा कृषक अर्जुन कनौजे बताउछन् ।

स्थानीय सरकार बनेको चार वर्ष पछि सत्यवती गाउँपालिका मासु र दुधमा आत्मर्नीभर बन्न सफल भएको हो । गाउँपालिकालाई दुध र मासुमा आत्मर्नीभर बन्न महत्वपुर्ण योगदान दिने किसान तथा समुहलाई उत्पादनमा लाग्न हौसला प्रदान गर्दै गाउँपालिकाले समय समयमा किसानलाई सम्मान समेत गर्दै आएको गाउँपालिकाका कृषि तथा पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले बताए । उनले “भने दुध र मासुमा आत्मनिर्भर घोषणा गर्नु निकै ठुलो उपलब्धि हो । यो उपलब्धिलाई जोगाई राख्न हामीलाई चुनौती छ । तर पनि यसलाई दीर्धकालसम्म लैजान समयको माग तथा कृषकको चाहाना अनुसार कार्यक्रम अगाढी बढ्नेछन् ।”

शनिबार आयोजित आत्मर्नीभर घोषणा कार्यक्रममा ६८ वटा पशुपंक्षी फर्म , ३१ वटा समुह र ५ वटा सहकारीलाई सम्मान गरिएको थियो । त्यस्तै सोही अवसरमा उत्पादनमा आधारित अनुदान पशुबिमा गर्दा किसानले तिर्नुपर्ने रकमको ५० प्रतिशत अनुदान र १४ वटा समुहलाई दराज खरिदका लागि अनुदान समेत वितरण गरिएको थियो ।

कर्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास माहाशाखा प्रमुख तुल्सी भण्डारी ,भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र पल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर राना ,गाउँपालिकाका उपाध्यक्ष शुर्वण शेरचन शाही, प्रमुख प्रशासकिय अधिकृत झविश्र रेग्मी तथा किसान लगायतको सहभागीता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्