Logo

अब सेनामा पनि सऊदी महिला



Spread the love

साउदी अरबले पहिलोपटक महिलालाई सैनिक सेवामा भर्ना आह्वान गरेको छ ।

सोमबार सार्वजनिक गरिएको सुचनामा रियाद, मक्का, अल-क्वासिम र मेदिना प्रान्तमा सैनिक जवान पदमा कार्य गर्न इच्छुक महिलालाई बिहीबारसम्म आवेदन दिन आह्वान गरिएको छ । 

अधिकारीहरुले महिलालाई युद्ध कार्यमा संलग्न गराउन नभई सुरक्षा क्षेत्रमा कार्य गर्ने अवसर दिने उदेश्यले आवेदन खुला गरिएको बताए ।

जागिरका लागि आवेदन दिन २५ देखि ३५ बर्षसम्मका साउदी नागरिक हुनुपर्ने लागयतका विभिन्न १२ आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने उल्लेख छ भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्