Logo

विदेशमा डाक्टरी पढ्न, नेपालमै इन्ट्रान्स



Spread the love

नेपालमा प्रवेश परीक्षा (इन्ट्रान्स) पास गरेका विद्यार्थी मात्र चिकित्सा शिक्षामा पोस्ट ग्य्राजुएट र ग्य्राजुएट तहको अध्ययनका लागि विदेश जान पाउने भएका छन्।

कमजोर विद्यार्थी पैसाको बलमा विदेश गएर चिकित्सा शिक्षा आर्जन गर्ने तर चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) मा फेल हुन थालेपछि मेडिकल काउन्सिलले नयाँ नियम लागू गरेको छ। पोस्ट ग्य्राजुएट तहका लागि यही फागुनदेखि नयाँ नियम लागू गरिएको हो।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले भने, ‘इन्ट्रास पास नगरी विदेशमा चिकित्सा शिक्षा पढ्न जान पाइँदैन भनेर रोक लगाएका छौं।’ एमबीबीएस र बीडीएसमा विदेशमा अध्ययन गर्नका २०१६ फेबु्रअरीदेखि यो नियम लागू गरिएको थियो।

काउन्सिलले वर्षको तीनपटक एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा लिने गरेको छ। जसमा झन्डै १२ सय विद्यार्थी सहभागी हुँदै आएका छन्। यसमध्ये विदेशबाट पढेर आएका झन्डै ९० प्रतिशत फेल हुने गरेका छन् भन्ने खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्