Logo

डिभोर्सका लागि अदातलमा कस्ता महिला आउँछन् ?



Spread the love

केही बर्षयता दार्चुलामा सम्बन्धविच्छेद (डिभोर्स) का घटना बढ्दै गएको छ ।

आर्थिक बर्ष २०७२/७३ मा सम्बन्धविच्छेदका लागि ९ मुद्दा जिल्ला अदालत दार्चुलामा दर्ता भएका थिए ।

आर्थिक बर्ष २०७३/७४ मा मुद्दाको संख्या बढेर १८ पुगेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

चालू आर्थिक बर्ष २०७४/७५ को मध्यसम्ममा सम्बन्धविच्छेदका लागि भन्दै १० महिलाले जिल्ला अदालत दार्चुलामा निवेदन दिएको अदालतले जनाएको छ ।

अढाइ बर्षको तथ्यांक हेर्ने हो भने पनि सम्बन्धविच्छेदका लागि निवेदन दिने महिलाको संख्या बढ्दो क्रममा छ ।

सम्बन्धविच्छेदका लागि महिलाले सोझै अदालतमा निवेदन दिन सकिने प्रावधानका कारण अढाई बर्षमा ३७ महिला अदालत पुगेका छन् ।

पुरुषहरुले सम्बन्धविच्छेदका लागि स्थानीय तहबाटै आउनुपर्ने प्रावधान छ ।

सम्बन्धविच्छेद गर्न कस्ता महिला आउँछन् ?
महिला हिंसा र घरेलु हिंसाका कारण  सम्बन्धविच्छेद गराइमाग्ने महिला धेरै भए पनि अंशका लागि सम्बन्धविच्छेद गर्ने र लोग्नेसँग बस्न नसकेर सम्बन्धविच्छेद गर्न खोज्ने, अर्का पुरुषसँग बस्ने योजनासहित पनि महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेको कानुन व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्