Logo

सरकारमा फोरम पनि सहभागी हुने



Spread the love

प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ ।

फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए ।

तर फोरम अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलपछि मात्रै सरकारमा जाने भन्दै बालुवाटारबाट निस्केका थिए ।

मधेस केन्द्रित दलले उठाउँदै आएको संविधान संशोधनको मुद्दामा माओवादी केन्द्रका अध्यक्ष दाहाल सकारात्मक भए पनि ओली अनुदार बन्दै आएका थिए । प्रधानमन्त्री भएसँगै ओली सकारात्मक भएका हुन् । दुई तिहाइ समर्थनको सरकार बनाउन ओलीले फोरमले उठाउँदै आएको संशोधनको मुद्दालाई आपसी सहमतिका आधारमा अघि बढाइने प्रतिबद्धता बैठकमै व्यक्त गरेपछि फोरम सरकारमा जान इच्छुक देखिएको हो ।

फोरम नेता राजेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबारकै मन्त्रिपरिषद् विस्तारमा फोरमबाट पनि नाम पठाउन आग्रह गरेका थिए भन्ने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्