Logo

डीएसपी पत्नी छोरासहित घर निकाला – ‘२५ निकायमा उजुरी गर्दा पनि पाइएन न्याय’



Spread the love

काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् ।

उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी सरकारी निकायमा उजुरी दिइन ।

‘मैले कुनै निकायबाट न्याय पाईन । यताबाट उता जानुस् भन्दै फर्काउछन्,’ अन्यायबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘न्याय माग्दै सबै निकायमा पुगिसकें । अब म कहाँ जाऊ ।’

०७१ मा डिएसपी बोहरा विवाह गर्ने भन्दै घरमै माग्न गएका थिए । मन मिलेपछि त्यसै बर्ष साउनमा उनीहरुले भागी विहे गरे ।

त्यसअघि बोहराले जेठी पत्नीसित सम्बन्ध बिच्छेद गरेका थिए । जेठीबाट दुई छोरी छन् ।

विवाहको एक वर्षपछि अर्कै महिलासंग लागेर आफूलाई यातना दिन थालेको गीताको आरोप छ ।

‘ती महिला घरमै आएर म डिएसपी बोहराको श्रीमती हुँ, तँ को होस् भनेर धम्काउँछिन् । त्यसबारे श्रीमान्संग सोध्दा कुटपिट गर्न थाल्नु भो,’ उनले भनिन्, ‘अहिले आएर सबै परिवार मिलेर घरबाटै निकाला गरिदिए । माइतीको शरणमा बसेकी छु ।’ भन्ने खबर  आजको कान्तिपर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्