Logo

गुल्मीकी युवतीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा बागलुङका युवक पक्राउ



Spread the love

२७ असार, गुल्मी । गुल्मीकी २१ वर्षीय युवतीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ जिल्लाको बढीगाड गाउँपालिका ५ खौलराका २४ वर्षीय युवा विकास आर्चाय रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकामा जागिरको शिलशिलामा रहेकी इस्मा गाउँपालिकाकी २१ वर्षीया युवतीमाथि गत असार २४ गते मुसिकोट नगरपालिकाको इन्द्रेगौँडाबाट चन्द्रकोट गाउँपालिकाको मजुवा जाने क्रममा नगरपालिकाको वडा नम्बर ५ स्थित झकडेमा साँझको समयमा जबरजस्ती करणीको प्रयास भएको पीडित पक्षले बताएका छन् ।

परिवारले असार २४ गते साँझ नै मजुवा प्रहरीमा उजुरी दिएका थिए ।

मजुवा प्रहरीले सोही दिनदेखि आरोपितको खोजी सुरू गरेको थियो । प्रहरीले आरोपित आर्चायलाई अर्को दिन अर्थात् असार २५ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मी तम्घासमा पठाएको थियो । केही दिनसम्म घटना गाउँमै मिलाउने प्रयास गरिएको भएता पनि धेरै दवाव तथा लालचलाई चिर्दै पीडित परिवारले आज बिहान मात्र जाहेरी दिएका हुन् ।

त्यस क्षेत्रमा आफुलाइ त्यहाँका स्थानीय युवाले पटक पटक बाटो छेक्ने गरेको पीडित युवतीको भनाइ छ । उनले भनिन्, ‘मरो जागीरमा पैसा बोकेर हिडडुल गर्नु पर्छ । पैसा लुट्लनाई हो या म माथि गिद्धे नजर राखेर हो पटक पटक बाटो छेक्ने र जिस्काउने गर्दछन् ।’

यता जिल्ला प्रहरी कार्यालय गूल्मीले भने घटनाबारे अनुसन्धान थालिएको बताएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्