Logo

श्रीदेवीको मृत्यु पानीमा डुबेरः प्रहरी



Spread the love

बलिउड नायिका श्रीदेवीको निधनको बास्तविकता खुलेको छ । बिवाहमा सरिक हुन दुबई पुगेकी श्रीदेवीको शनिबार निधन भएको थियो । उनको निधनको कारण हृदयघात भएको हुन सक्ने बताईएको थियो । तर दुबईमा पोस्टमार्टम रिपोर्टसंगै फोरेंसिक रिपोर्टका अनुसार श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको उल्लेख गरेको छ ।Sri-Devi-640x360फोरेंसी रिपोर्ट सार्वजनिक भएलगत्तै यसले ठुलै हंगामा मच्चिएको छ । श्रीदेवी जब बाथटपमा गएकी थिईन तब उनी बेहोस भएको र बेहोसकै क्रममा बाथटपमा डुबेर मृत्यु भएको दुबई प्रहरीले जनाएको छ । शनिबार राति बोनी कपूर श्रीदेवीलाई एउटा सप्राइज डिनरमा लैजान चाहन्थे। साँझ साढे पाँच बजे जुमिराह इमिरेट टावर्समा फर्किए।Sridevi-died-of-accidental-drowning-e1519645094150जुमिराह इमिरेट टावर्स होटल पुगेर उनले श्रीदेवीलाई उठाए र दुवैबीच करिव १५ मिनेटसम्म कुराकानी भयो। त्यसपछि बोनी कपुरले श्रीदेवीलाई डिनरमा लैजाने बताएर तयार हुन भने। श्रीदेवी तयार हुन बाथरुम गएको दुबईको पत्रिका खलीज टाइम्स ले उल्लेख गरेको थियो । सम्भवत बाहिर जानको लागि नुहाउँनको लागि बाथरुम गएकी श्रीदेवी अचानक बेहोस भई बाथटपमा डुबेर उनको मृत्यु भएको बताईएको छ ।

साच्चै उनको निधनले शोकाकुल परिवार र प्रशंसकहरुलाई पिडा दिएको थियो भने उनको निधनको बास्तविकताले झनै पिडा दिएको छ । आज नै उनको पार्थिव शरिरलाई भारत ल्याउँने भनितापनि दुबईको कानुनी झमेलाको कारण उनको पार्थिव शरिर ल्याउँन ढिलाई भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्