Logo

नारायणगढ–मुग्लिन सडक निर्माणको गति सुस्त : यात्रुलाई अझै तीन महिना सास्ती



Spread the love

काठमाडौं र पोखरालाई देशको पूर्व–पश्चिम भागसँग जोड्ने नारायणगढ–मुग्लिन सडक निर्माणको  गति सुस्त हुँदै गएको छ । गति सुस्त हुँदा अझै यात्रुले तीन महिनासम्म सास्ती पाउने भएका छन् ।

नेपाल र भारतका ठेकेदारहरुलाई ३२.२ किलोमिटर लम्वाईको उक्त सडकलाई आँपटारी–दासढुंगा, दासढुंगा–सिमलताल र सिमलताल–मुग्लिन गरी तीन खण्डमा बाँडेर सन् २०१७ को अप्रिलसम्म निर्माण कार्य सक्नेगरी  सडक विस्तारको ठेक्का दिइएको थियो ।

गत वैशाखमै काम सम्पन्न गर्ने गरी सडक विस्तार कार्य थालिए पनि पटकपटक म्याद थपिँदासमेत अझै २५ प्रतिशत काम सम्पन्न हुन बाँकी छ ।

 दैनिक दस हजारभन्दा बढी गाडी गुड्ने यो सडकमा निर्माण कार्यलाई तीव्रता दिन नसक्दा हजारौँ यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्