Logo

१६ लाख लगानीमा अर्जैमा तरकारी प्रर्वद्धन कार्यक्रम सुरु



Spread the love

२५ असार, गुल्मी । जिल्लाको मालिका गाउँपालिका ६ अर्जैमा तरकारी प्रर्वद्धन कार्यक्रम सुरु गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको ८ लाख र सोही वडामा रहेको मिलिजुली कृषी तथा पशुपालन महिला विकास सहकारी संस्थाको ८ लाख लगानीमा तरकारी खेती सुरु गरिएको वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

कृषकलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्ने तथा कृषकको आय स्तर वृद्धि गर्नका लागि प्रदेशसँगको साझेदारीमा यो कार्यक्रम ल्याइएको हो । यस कार्यक्रमबाट वडा नम्बर ६ अर्जैका २७ किसानले २१ रोपनी जग्गामा सात वटा समुह बनाएर तरकारी खेती गर्नेछन् ।

आधुनिक प्रविधिले तरकारी खेती गर्नका लागि ३७ वटा आधुनिक टनेल, थोपा सिंँचाईको लागि प्रत्येक समुहलाई सय लिटरका एक–एक वटा ड्रम र दुई वटा हाते ट्याक्टर प्रदान गरिएको छ । त्यस्तै आवश्यक मलविउ, विषादी तथा अन्य कृषि उपकरणहरु पनि उपलब्ध गराइएको सहकारीका व्यवस्थापक हिमा रेग्मी अर्यालले बताइन् ।

त्यस्तै, मालिका गाउँपालिकाले किसानलाई सक्दो सहयोग गर्ने बताएको छ । तरकारी खेतीका लागि प्राविधिक सहयोग प्रदान गरेको र थप सहयोगका लागि पनि गाउँपालिका तयार रहेको गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्