Logo

‘मिस्टर भर्जिन’को ‘टुल्की’ गीत रिलीज(भिडीयो सहित)



Spread the love

चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानलमा अपलोड गरिएको गीतमा सुरज पण्डितको स्वर ,शब्द र सङ्गीत रहेको छ। भिडियोमा चलचित्रका मुख्य कलाकारहरू गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रविन्द्र झाको साथै श्रद्धा प्रसाई, स्मिृती पोख्रेल र इलियन मरान्डाको अभिनय रहेको छ।वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन्। चलचित्रमा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्रको रिलिज मिति छिट्टै घोषणा गरिने भएको छ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/5AhOoHFSbu8

प्रतिक्रिया दिनुहोस्