Logo

‘लम्फू’ को ‘सँगै जिउने सँगै मर्ने’ गीत रिलिज(भिडियो सहित)



Spread the love

तरकारीवालीबाट परिचित कुशुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’ सार्वजनिक भएको छ । २५ बैशाख रिलिज मिति तोकिएको ‘लम्फु’को यो गीतमा प्रेम जोडीले मायासाटासाट गरेको देख्न सकिन्छ । जसमा तरकारीवाली पनि नाचेकी छिन् । गीतमा कुशुम श्रेष्ठ तरकारीवालीको अलवा कबिर खड्का र मरिष्का पोखरेल, चाँदनी शर्मा र सञ्जित भण्डारीको समेत अभिनय देख्न सकिन्छ ।रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अर्जुन पोखरेलको संगीत र शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेत, कुशाग्र भट्टराई(बालकलाकार), आर्यन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय रहेको छ ।‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् । भूपतिको लेखन, दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रको सम्पादक हरि सिलवालले गरेका छन् । पुनम गौतमको चलचित्रमा कस्ट्युम डिजाईन रहेको छ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/LFmKu8bMDnU

प्रतिक्रिया दिनुहोस्