Logo

५० प्रतिशत अनुदान दिएर किसानलाई उन्नत जातको भैँसी किन्न हाैस्याउँदै मालिका



Spread the love

२३ असार, गुल्मी । जिल्लाको मालिका गाउँपालिकाले उन्नत जातको भैंसी खरिद गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिएको छ ।
गाउँपालिकाको भैंसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई व्यवसायिक पशुपालन तर्फ आकर्षित तथा प्रोत्साहन गर्ने उदेश्यले अनुदानमा उन्नत जातको भैंसी वितरण गरिएको वडा नम्वर. ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

उनले भने, ‘किसानलाई ५० प्रतिशत तथा ५५ हजारसम्म अनुदान गाउँपालिकाले दिन्छ । किसानले आँफैले रोजेर आफुलाई मन पर्ने उन्नत जातको भैंसी ल्याउनु हुन्छ ।’

यस कार्यक्रमबाट व्यवसायिक रुपमा गाई तथा भैंसी पाल्दै आएका वडा नम्वर ६ अर्जेका १७ जना किसान लाभान्वित भएका छन् भने १२ जना किसानले उन्नत जातको भैंसी खरिद गरिसकेका छन् । अन्य किसान खरिदको प्रक्रियामा छन् ।

भैंसी प्रवर्द्धन कार्यक्रमबाट किसानहरु पनि उत्साहीत भएका छन् । मालिका ६ अर्जे फुलबारीका किसान जुद्ध खत्रीले भने, ‘म यो कार्यक्रमबाट खुसी छु । मैले १ लाख ३० हजारमा मलाई मन परेको भैसीं ल्याएँ । मलाई पालिकाले ५५ हजार दिने भनेको छ ।’

गाउँपालिकालाई दूधमा आत्मनिर्भर तथा किसानलाई कृषि क्षेत्रमा प्ररेणा मिलोस भनेर यो कार्यक्रम अघि सारिएको र गाउँपालिकाका अन्य वडाहरुमा विस्तार गर्ने गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए । उन्नत जातको भैंसी पालन गर्दा कृषि उत्पादनसँगै किसानको आयस्तरमा वृद्धि हुने गाउँपालिकाले अपेक्षा राखेको छ । त्यस्तै किसानको सहजताको लागि सोहि वडाको रातीपोखरीमा दुध डेरी सञ्चालन गर्ने योजना गाउँपालिकाको रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्