Logo

गुल्मीमा ८ औं पटक निषेधज्ञा थपियो तर संक्रमण रोकिएन



Spread the love

२२ असार, गुल्मी । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीले जारी निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्बाउने निर्णय गरेको छ । यही अवस्थामा नै लकडाउन लम्ब्याउने समितिले निर्णय गरेको हो ।


यसभन्दा अघि जारी गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदै छ । यही अवस्था भनेको निषेधाज्ञा समय अवधिभर व्युटिपार्लर र सैलुन बहेकका सम्पूर्ण पसल बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म खोल्न पाउनु हो ।

जिल्लाभित्र निर्माण सामग्री बोक्ने जिप, टिपर, ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सावधानि अपनाएर चल्ने पाउनेछन् । बैँक तथा सहकारी संस्था, बिमा कम्पनी बिहान १० बजे देखि ३ बजेसम्म कार्यालयबाट मात्र सेवा दिने गरि सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्न पाइने छ ।

जिल्ला बाहिरबाट निर्माण, पुस्तक र कृषि जन्य पदार्थ तथा खाद्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम प्रबन्ध मिलाएर सञ्चालन गर्ने र अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

तर पटकपटक थपिएको निषेधाज्ञाले संक्रमण नरोकिएको र निषेधाज्ञा फितलो भएको नागरीकबाट गुनासो आउन थालेको छ ।

निषेधाज्ञा फितलो भएकै कारण संक्रमण बढेको नागरिकको गुनासो रहँदा जिल्ला प्रशासन कार्यलय गुल्मीले भने नागरिककै कारण कोरोना संक्रमण बढेको दावी गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत उद्धव पन्थीले प्रहरीका लागि निषेधाज्ञा पालन गरे जस्तो गरी नागरिकस्तरबाट लापरबाही भइरहेको छ ।

पछिल्लो समय लकडाउन फितलो भइरहँदा कोरोना संक्रमणको दर भने बढिरहेको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा , रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख सञ्जय भण्डारी सहित गुल्मीमा कोरोना संक्रमितको संख्या ५ सय ३१ पुगेको छ भने ९१ जनाको मृत्यु भएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्