Logo

रिडीमा रक्तदान कार्यक्रमबाट ७० पिन्ट रगत संकलन



Spread the love

१९ असार, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका १, रिडीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रुरु प्राथमिक स्वास्थ्य केन्द्रको आयोजना तथा नेपाल रक्तदान स्वयंसेविका रुपन्देही गुल्मी सेवा समाजको सहकार्यमा रक्क्तदान कार्यक्रम सम्पन्न भएको हो ।


यस रक्तदान कार्यक्रममा त्यहाँका वडा अध्यक्ष रामलाल विकसहित ७० जनाले रक्तदान गरेका छन् । रक्क्तदान कार्यक्रमबाट ७० पिन्ट रगत संकलन भएको रुरु प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विकास पन्थीले जानकारी दिए ।


कोरोना माहमारीका कारण बुटवलमा रगतको अभाव भएपछि नेपाल रक्तदान स्वयंसेविका रुपन्देही गुल्मी सेवा समाजको सक्रियतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । संकलन भएको रगत बुटवलको ब्लड बैंकमा पठाइनेछ ।

रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले महामारीको समयमा रक्तदान कार्यक्रम आयोजना गर्ने र रगत दान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्