Logo

जनप्रतिनिधिलाई खुसी पार्न ४६ सय भत्ता



Spread the love

जनप्रतिनिधिलाई खुसी पार्न एउटा एनजीओ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाजना खाना उपलब्ध गराएको छ ।

खाना  र खाजाका लागि १ हजार रुपियाँ खर्च गरेको उक्त एनजीओले आवास र यातायातबापत ५ घण्टाको ४ हजार ६ सय रुपियाँ रकम उपलब्ध गराएको हो ।

सबै जनप्रतिनिधि सदरमुकाम आसपासमै उपलब्ध थिए ।

सामुदायिक मेलमिलापकर्ता समाज नोपलले आयोजना गरेको सामुदायिक मेलमिलापसम्बन्धी अन्रतक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई उक्त रकम उपलब्ध गराईएको सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा बस्नेतले जानकारी दिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्