Logo

किन भाइरल भइरहेको छ रणवीर कपुरको यो फोटो ?



Spread the love

१९ असार, एजेन्सी । बलिउड अभिनेता रणवीर कपुरको एउटा फोटो अहिले भाइरल भइरहेको छ । उनले अनौठो फेसन लुक्स फोटो सामाजिक सञ्जालमा पोस्ट गरेसँगै उनको फोटो भाइरल भएको हो ।

रणवीरले निलो निलो रङको ट्रयाकसुट र सुनको हारमा सजिएको फोटो पोस्ट गरेका छन् । उनले उक्त फोटो गुचिको फोटो सुटका क्रममा लिइएको थियो । सोही फोटो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

यो फोटोमा भने उनले थप रातो ह्याट र ट्रेन्च कोट लगाएका छन्। हातमा ज्याकी ब्रान्डको १९६१ को कालो पर्स बोकेको देखिन्छ ।

लुक्समा केही फरकपन र ह्युमरस भएका कारण रणवीरको यो फोटो भाइरल भएको भारतीय अनलाइनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्