Logo

नेपाल चिकित्सक संघ र चु ची फाउण्डेशनबाट सल्यानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



Spread the love

नेपाल चिकित्सक संघ र चु ची फाउण्डेशन ताइवानको संयुक्त सहयोगमा सल्यानका विभिन्न स्वास्थ्य संस्था तथा आइसोलेसन सेन्टरको लागि ६ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ ।

जसअनुसार सल्यान जिल्ला अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर, भोटेचौर आइसोलेसन सेन्टर (आइसोलेसन सेन्टर बन्द भएमा लेखापोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहने गरी) १ थान अक्सिजन कन्सन्ट्रेटर, बागचौर आइसोलेसन सेन्टर (आइसोलेसन सेन्टर बन्द भएमा थारमारे प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा रहने गरी) १ थान अक्सिजन कन्सन्ट्रेटर, त्रिवेणी गाउँपालिका आइसोलेसन सेन्टर (आइसोलेसन सेन्टर बन्द भएमा लुहाम स्वास्थ्य चौकीमा रहने गरी) १ थान अक्सिजन कन्सन्ट्रेटर, शारदा नगरपालिका आइसोलेसन सेन्टरलाई १ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ । 

सल्यानमा पुगेका ६ थान अक्सिजन कन्सन्ट्रेटर प्रयोगमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्