Logo

गाउँमै उद्यम गर्नेलाई मालिका गाउँपालिकाले सात लाखसम्म बिना ब्याज ऋण दिने



Spread the love

१५ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाकले उद्यम गर्ने चाहने युवा तथा व्यवसायीलाई बिना ब्याज सात लाखसम्म ऋण प्रदान गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०७८-७९ देखी कार्यान्वन हुने गरी उत्तल नीति लिईएको गाउँपालिकाले जनाएको छ । यद्यपी मालिका गाउँपालिकाले यस वर्ष पनि उद्यम गर्ने चाहने युवा तथा व्यवसायीलाई बिना व्याज ऋण प्रवाह गरेको थियो । बैङ्किङ पद्धतिबाट ऋण प्रवाह गर्दा सबै नागरिकको पहूँच नपुगेको बताउँदै आर्थिक वर्ष २०७८-७९ देखी यस नीतिलाई परिमार्जन सहित ल्याईएको गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले बताए ।

गाउँपालिकाबाट साना उद्योग तथा व्यवसाय दर्ता गरि प्रमा‍‍ण पत्र लिएका र पानमा दर्ता गरि पान नंम्वर समेत लिएका उद्यमीहरुका लागि ७ लाखसम्म बिना ब्याजमा ऋण प्रवाह गर्ने नीति रहेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत जगत पौडेलले बताए ।

आर्थिक वर्ष ०७७-७८ मा बैंकिङ्ग पद्धतिबाट यो कार्यक्रमको सुरुवात गर्दा सबै लघु उद्यमीको ऋणमा पहुँच नपुगेका कारण प्रत्येक वडामा रहेका सहकारी मार्फत आर्थिक वर्ष ०७८-७९ मा ऋण प्रवाह गर्न सकिने अधिकृत पौडेलको भनाई रहेको छ। आर्थिक वर्ष २०७८-७९ मा ५० हजारदेखि सात लाखसम्म बिना व्याज ऋण प्रवाह गरी ३ सय जना युवा तथा व्यवसायीलाई गाउँमै उद्यमी बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले बताए ।

यो आर्थिक वर्षमा १० जना युवाले ५० लाख ऋण लिई उद्यम गरिरहेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्