Logo

मालिकाका किसानलाई ९ वटा हाते ट्याक्टर र प्राङ्गारिक मल वितरण



Spread the love

१३ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले धान प्रवर्द्धन खेती कार्यक्रम अन्तर्गत ७५ जना किसानलाई कृषि औजार सहित र प्राङ्गारिक मल वितरण गरेको छ ।

आइतबार वडा नम्बर छ अर्जैका ७५ जना किसानलाई ४ सय बोरा प्राङ्गारिक मल र ९ वटा हाते ट्याक्टर गाउँपालिका अध्यक्ष रित बहादुर थापा र त्यस वडाका वडा अध्यक्ष शोभाखर गिरीले हस्तान्तरण गरेका हुन्।

गाउँपालिकाको धान खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नम्बर छ अर्जैका ७५ जना किसानले अर्जैबेसी फाँटमा यो वर्ष तीन सय रोपनी जग्गामा संयुक्त रुपमा धान उत्पादन गरिरहेका छन् ।


केहि समय अगाडि गाउँपालिकाले त्यहाँका किसानका लागि तीन सय क्विन्टल उन्नत जातको धानको बिउ वितरण गरेको थियो ।

त्यस्तै, गाउँपालिकाको धान उत्पादन हुने मुख्य वडाहरु वडा नम्बर ६, ७ र ८ मा धान प्रवर्द्धन खेती कार्यक्रम सञ्चालन गरिएको छ । अन्य दुई वटा वडा ७ र ८ मा पनि कृषि उपकरण सहित मल वितरण गरिने वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।


मालिका गाउँपालिकाले धान प्रवर्द्धन खेतीको लागि ११ लाख रकम विनियोजन गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्