Logo

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन गर्ने मालिकाको महत्वकांक्षी योजना



Spread the love

१२ असार, गुल्मी । भौगोलिक रुपमा विकट भनेर चिनिने मालिका गाउँपालिकाले यो वर्ष भने उत्कृष्ट, नौला नीति तथा कार्यक्रमहरुको घोषणा र विभिन्न ऐन जारी गरिरहेको छ ।

मालिका गाउँपालिकाले स्थानीय जातको मदिरालाई ब्राण्डको रुपमा अगाडि बढाउने ऎन पारितदेखि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन गर्ने जस्ता महत्वकांक्षी योजना अगाडी सारेको छ ।

गत वर्ष गाउँपालिकाको वडा नम्वर चार देउराली डाडा बाट प्याराग्लाइडिङको सफल परिक्षण गरेलगत्तै गाउँपालिकाले १४ दिने प्याराग्लाइडिङ महोत्सव सफलताका साथ सम्पन्न गरेको थियो ।

प्याराग्लाइडिङको सफल परिक्षणसँगै यो वर्ष पनि पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजनाप्रति गाउँपालिकाका अग्रसर भएको गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले बताए ।


यस प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले २० लाख रकम बजेट विनियोजन गरेको छ । प्याराग्लाइडिङको सफल परीक्षण र महोत्सवले पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण ढोका खुलेको बताउँदै यो वर्ष आयोजन गरिने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले विश्वभर नै मालिका गाँउपालिका प्याराग्लाइडिङका लागि उपयुक्त छ भन्ने सन्देश दिने गाउँपालिकाका उपाध्यक्ष देवा अर्यालको भनाई रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्