Logo

कहिल्यै नछुट्टिने भन्दै एक जोडीले लगाए हत्कडी तर, १२३ दिन मै भयो डिभोर्स !



Spread the love

९ असार, एजेन्सी । युक्रेनमा एक जोडीको सम्बन्ध बिच्छेदको घटनाले यतिबेला मिडियाहरूमा ठूलो चर्चा पाइरहेको छ । त्यो घटना हो, ३३ वर्षका अलेक्जेन्डर कुडले र २८ वर्षकी भिक्टोरिया पुस्तोभिटोभाको ब्रेक अप ।

उनीहरू गत वर्षको भ्यालेन्टाइन डे देखिए हत्कडीमा बाधिएर बसेका थिए । कुनै हालतमा पनि नछुट्टिने बाचा सहित आफूले आफैँलाई हतकडी लगाएका ती दम्पत्ति सम्बन्धले जम्मा १२३ दिन मात्र पार गर्न सक्यो ।

हत्कडीमा बाधिएका उनीहरू खाना खाने, नुहाउने , पसल जाने, चुरोट पिउन सँगै जाने र बाथरूम पनि एकअर्कासँगै जानेगरी उनीहरू सिक्रीमा बाँधिएका थिए । तर, सँधैभरी सँगै रहने उनीहरूको त्यो प्रयास विफल भयो ।

अन्ततः उनिहरूले युक्रेनको राष्ट्रिय टिभिबाट प्रसारण गरेर सम्बन्ध बिच्छेद भएको घोषणा गरे । हरपल सँगै जोडिएर बस्दा एकले अर्कोलाई बुझ्ने, माया बढ्ने र झगडा कम भएर दाम्पत्य सम्बन्ध दीगो हुने उनीहरुको अपेक्षा थियो । तर, कहानीले अर्को मोड लिँदा उनीहरू हातको साङ्गो छुटाएर अलग हुने अवस्थामा पुगे ।

प्रतिक्रिया दिनुहोस्