Logo

तात्तिदै छ साहित्यमा सल्यान !



Spread the love

 

केही समय यता सल्यानमा साहित्यिक चहलपहल बढेकाे छ । नयाँ पुस्तादेखि पुराना पुस्तासम्म साहित्य लेखन र वाचनमा सक्रिय देखिएका छन् ।

यसै क्रममा बागचाैर नगर साहित्य परिषद्काे अायाेजनामा गत महिना गजलकार एवम् बागचाैर नगर साहित्य परिषद्का संरक्षक पूर्ण भण्डारी पङ्कजकाे एकल गजल साँझ प्रस्तुत भएकाे थियोे भने परिषद्काे नियमित मासिक कार्यक्रम अन्तर्गत हिजो बेलुकी कवि एवम् हास्य व्यङ्ग्यकार कमलमणि देवकोटाका एकल रचना प्रस्तुत भएका थिए । त्यसै गरी आज बिहान राप्ती साहित्य परिषद् रूकुम शाखाकाे अायाेजनामा रूकुम साहित्यमालाकाे ४५ अाैँ शृङ्खलाकाे कार्यक्रम पनि बागचाैरमै सम्पन्न भयाे । उक्त कार्यक्रममा करिब दुई दर्जन स्रष्टाहरूले अाअाफ्ना रचनाहरू वाचन गरेका थिए ।

हिजो बेलुकी सम्पन्न भएकाे एकल रचना वाचनकाे सञ्चालन बागचाैर नगर साहित्य परिषद्का सचिव तारादेव शर्मा प्रदर्शनले गर्नु भएकाे थियाे भने अध्यक्षता परिषद्का अध्यक्ष इन्द्र भण्डारी अङ्कितले गर्नु भएकाे थियाे। आज बिहान सम्पन्न कार्यक्रमको अध्यक्षता रूकुम शाखाका अध्यक्ष मनलालअाेलीले गर्नु भएकाे थियाे भने सञ्चालन सानीभेरी एफएमकी कार्यक्रम प्रस्ताेता सिर्जना शर्माले गर्नु भएकाे थियाे। उक्त दुवै कार्यक्रमका प्रमुख अतिथि बागचाैर नगरपालिकाका प्रमुख लाेकमान बुढाथोकी हुनुहुन्थ्यो ।

उक्त साहित्यिक कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा प्रमुख बुढाथोकीले साहित्यकारहरूले आफ्ना सिर्जनामार्फत् जनतालाई अाअाफ्नाे क्षेत्रकाे सिर्जनात्मक कार्यमा व्यस्त हुन मार्ग निर्देश गर्नुपर्ने कुरा बताउनु भयाे साथै साहित्यिक गतिविधिलाई संस्थागत रूपमा अगाडि बढाउनका लागि नगरपालिकाकाे प्रमुखका हैसियतले जिम्मेवारीका साथ सहयाेग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयाे । उक्त दुवै कार्यक्रममा स्राेताहरूकाे व्यापक सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्