Logo

यी अभिनेत्रीले सार्वजनिक गरिन् आफूलाई याैन शोषण गर्ने १४ जनाको नाम (सूचिसहित)



Spread the love

४ असार, एजेन्सी । मलायलम फिल्म उद्योगकी अभिनेत्री रेवती सम्पथले आफूलाई फिल्म उद्योगका १४ व्यक्तिले यौन शोषण गरेको सनसनीपूर्ण खुलासा गरेकी छन् । सामाजिक सञ्जालमा १४ जनाको नाम लेख्दै उनले ती व्यक्तिहरूले आफूलाई याैन शोषण गरेको आरोप लगाएकी छिन् ।

उनले ती १४ जनाको नाम सार्वजनिक गरेपछि भारतीय फिल्म इण्डस्ट्रीमा ठूलो हलचल मच्चिएको छ ।

उनले फेसबुकमा लेखेकी छन्, ‘ म हामीलाई व्यावसायि, व्यक्तिगत र इन्टरनेटमा उत्पीडन गर्ने अपराधीहरूको नाम सार्वजनिक गर्न गइरहेको छु । उनीहरूले मलाई अहिलेसम्म शारीरिक, मानसिक र भावनात्मक रूपमा शोषण गरिरहेका छन् ।’

अभिनेत्री सम्पथले सार्वजनिक गरेका १४ जना व्यक्तिहरूमा राजेश टचरिवर, सिद्दीकी, आशिक माही, शिजू ए आर, अभिल देव, अजय प्रभाकर, एम यसएसएस, सौरभ कृष्णन, नन्दू अशोकन, मेक्सवेल जोस, शानूब करुवथ र चाकोस केक, राकेन्ट पाई, सरुन लियो, सब इन्स्पेक्टर बीनू (पुनथुरा पुलिस स्टेशन, त्रिवेन्द्रम) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्