Logo

बंगलादेशकी सनी लियोन



Spread the love

बंगलादेशमा पछिल्लो समय एक मोडल निकै चर्चामाआएकी छिन् । उनलाई बलिउडकी हट हिरोइन सनी लियोनीसँग तुलना गरिएको छ । ती हिरोइन हुन् नायला नइम । उनलाई बंगलादेशकी सनी लियोनी भनिन्छ । आफ्नो बोल्ड तस्वीरका कारण नायलाले पछिल्लो समय निकै आलोचना सहनु परेको छ ।बंगलादेशको बरीसलमा जन्मिएकी नायलाले करिअरको सुरुवात र्याम्प मोडलिङकाट गरेकी हुन् । लगत्तै उनी मनोरञ्जन क्षेत्रमा स्थापित भइन् । उनले धेरै प्रतिष्ठित ब्राण्डको लागि मोडलिङ पनि गरेकी छिन् । यसै क्रममा उनले धेरै बिकिनी फोटोसुट पनि गराइसकेकी छिन् । नायला बिकिनीमा देखिँदा यहाँका कट्टरपन्थीहरुले निकै आलोचना गरेका थिए ।

नायला भने आलोचनालाई बेवास्ता गर्दै आफ्नो काममा अघि बढिरहेकी छिन् । नायलाले टिभी र फिल्ममा अभिनय गरिसकेकी छिन् । फिल्म रनआउटमा उनको आइटम डान्स निकै लोकप्रिय भएको थियो ।

नायलाले निकै कम उमेरदेखि मोडलिङ गर्दै आएकी छिन् । उनले ढाका डेन्टल कलेजबाट बीडिएससमेत गरेकी छिन् । उनले एक अन्तरवार्तामा आफूले हटनेसको मामिलामा सनी लियोनीलाई जित्ने दावी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्