Logo

पहिरोले इस्मामा दुई घर भत्किए, एक महिला घाइते



Spread the love

१ असार, गुल्मी । लगातारको वर्षाका कारण इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिकाको वडा नम्बर पाँच मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किँदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।


घरका अन्य सदस्यहरु सकुशल रहेका छन् । उनिहरुको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यको नेतृत्वको टोलीले उद्धार गरेको हो । इस्मा १ उजुङ्ग खैरिया पानी छत्र बहादुर पछाइ को घर ।


त्यस्तै इस्मा १ उजुङ्ग खैरिया पानीका छत्र बहादुर पछाइको घर पनि भत्किएको छ । माथीबाट पहिरो सहित खसेको ठुलो ढुंगाले घरमा पुर्ण रुपमा क्षती पुगेको इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।

उनिहरुलाई सुरक्षीत स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्